|

कालिकोट : कोल्टी विमानस्थलबाट उडान भर्ने विमान कम्पनीहरुले मनोमानी भाडा असुल गर्ने गरेका छन्। दसैं  तिहार बेला यात्रुहरुको चाप बढेपछि मनोमानी भाडा असुल्ने गरेका हुन् ।

कोल्टी विमानस्थलबाट नेपालगञ्जका लागि दसैं तिहारका बेला ३ हजार ७ सय ६० रुपैयाँ भाडा कायम गरिएको भए पनि ५ हजारदेखि ७ हजारसम्म भाडा लिने गरेको पाइएको छ।  

हुम्ला, मुगु र बाजुरा स्थानीयले हवाई यात्राको प्रमुख गतब्यको रुपमा रहेको कोल्टी विमानस्थलबाट यात्रा गर्ने शिक्षक, व्यापारी, कर्मचारी लगायतबाट मोटो रकम असुल गर्ने गरेको स्थानीय राजु शाहीले बताए। ‘प्राइभेट हवाई जहाजले प्रचलित टिकट दरभन्दा अनियमित तरिकाले भाडा असुल्ने गरेका छन्’ उनले भने, ‘भाडादर कायम गरिएको नियमभन्दा दोब्बर भाडा असुल्ने गरेका छन्।’

कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि गोमा, काष्ठमाण्डप, मकालु, सीता, स्रिमिक, नेपाल एयर लाइन्सका ट्वीनअटर विमानहरु नियमित उडान भर्ने गरेका छन्।

यातायातको अन्य कुनै पनि विकल्प नभएका बाजुरा, मुगु र हुम्ला लगाएतका यात्रुहरु टिकट दलाली र विचौलियाबाट ठगिने गरेको र सबैभन्दा बढी बिरामी, सर्वसाधारण र पहुँच नहुनेले हवाई टिकट नपाउने हुम्ला श्रीनगर गाउँपालिकाका ६ का नरवीर राउतले बताए। ‘टिकट भए पनि भोलि भोलि भन्दै हामीलाई कोल्टीमै थन्काइन्छ’ उनले भने, ‘निजी एअरलाइन्सले मनोमानी ढंगले रकम असुल्ने र नातावाद, कृपावाद तथा राजनीतिक आस्थाका आधारमा टिकट वितरण गर्ने गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.