|
Photo : EPA

यो कचौरामा के विशेष छ र यसको मूल्य यति महंगो भएको? सम्भवतः यो कचौराको मूल्यबारे तपाईंको मनमा उब्जिने प्रश्न हुन सक्छ।

ख्याल रहोस्, यो कचौरा हिजोआज बनेको होइन त्यसैले यसको मूल्य यति धेरै भएको हो। चिनियाँ माटोबाट बनेको यो कचौरा एक हजार साल पुरानो हुनु नै यसको मूल्य अत्यधिक हुनुको मुख्य कारण हो। 

चीन के सांग राजवंशका बेलाको यो कचौरा गत मंगलबार हङकङमा बिक्री गरिएको छ त्यो पनि रेकर्ड राख्ने मूल्यमा। खरिदकर्ताले १ हजार वर्ष पहिले बनेको यो कचौराको मूल्य करिब ३८ मिलियन डलर अर्थात् झण्डै ३ अर्ब ९० करोड नेपाली रुपैयाँमा बोली लगाएर किनेका थिए। खरिदकर्ताले आफ्नो परिचय नखोलिदिन आग्रह गरेका छन्।

लीलाममा राख्ने संस्था सोथवेका अनुसार यो दुर्लभ चिनियाँ कचौरा २० मिनेटको बोलीमा नै बिक्री भएको थियो। जसका लागि केही व्यक्तिले फोनबाट नै बोली लगाएका थिए भने केही बिक्री कक्षमा नै बोली लगाएका थिए।  

उक्त कचौराको आकार १३ सेन्टिमिटर छ भने यसको रंग नीलो र हरियो रहेको बीबीसीले लेखेको छ। कचौरा कति मूल्यवान हो भन्ने यसको सुरुवाती बोलीबाट नै लगाउन सकिन्छ। जसको सुरुवात मूल्य १०.२ मिलियन डलरबाट भएको थियो।

उक्त कचौरा किन्ने खरिददारले भने फोनबाटै खरिद गरेको समाचारमा जनाइएको छ। लीलाम गर्ने संस्था सोथवेका चिनियाँ कलाकृति विभाग प्रमुख निकोलस काउले यो कचौरालाई असाधारण र दुर्लभ रहको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.