|

  • अर्जुन बोहरा-

सिमकोट : एकसातादेखि बसेको एमाले पार्टी हुम्लाकोे जिल्ला कमिटीको बैठकले  प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ। हुम्ला जिल्लाबाट प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फ जिल्ला कमिटी अध्यक्ष दल रावल, समानुपातिकतर्फ कलबहादुर हमाल, रुपा शाही, सुरेन्द्र कार्की, प्रदेशसभाको

सदस्यका लागि समानुपातिकतर्फ एकल उम्मेदवार गोरखबहादुर बोगटी, प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट शिवराज शर्मा, हस्त बहादुर शाही, ज्ञामी बुमी, मेहेले पार्की, र निर्वाचन क्षेत्र नम्बर २  बाट प्रदेशसभाको लागि  लोक बहादुर हमालको नाम सिफारिस गरेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज रोकायाले जानकारी दिए।

माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार चयनका लागि  केन्द्र पार्टीको पोलिट ब्युरोको बैठक बसिसकेपछि मात्र उम्मेदारी टुंगो लगाउने भएको जिल्ला पार्टी संयोजक विजय भण्डारीले जानकारी दिएका छन्। नेपाली कांग्रेसले भने उम्मेदवारको छनोट गर्नुभन्दा आफ्नो पक्षमा मत संकलनको लागि हुम्लाको उत्तरी गाउँ अभियान सुरु गरेको छ।

 एमाले र माओवादी केन्द्रसहित नयाँ शक्ति पार्टी नेपाल  चुनावी तालमेल गर्ने सहमति भएपछि हुम्लामा  कांग्रेसले घरदैलो अभियान सुरु गरेको छ। नेपाली कांग्रेस पार्टीका   केन्द्रीय सदस्य तथा खानेपानी तथा सरसफाइ पूर्वमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा हुम्लाको उतरी गाउँमा घरदैलो अभियान सुरु गरेको नेपाली कांग्रेस जिल्ला पार्टी सभापति जयपति रोकायाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.