|

सिन्धुपाल्चोक : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश क्षेत्र नं १ मा भुपेन्द्रबहादुर थापा, बालकृष्ण बस्नेत, विष्णु खत्री, भोला बोहराको नाम सिफरिस गरेको छ। यस्तै प्रदेश क्षेत्र नम्बर २ बाट कृष्ण न्यौपाने, राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभा २ मा पार्टीको जिल्ला सभापति विकास लामा, तारानाथ दाहाल, आइतमान तामाङको नाम  सिफारिस गरेको छ। प्रतिनिधि सभा २ को प्रदेश क्षेत्र नम्बर १ मा विकास तामाङ, यज्ञ दंगाल, रुद्रलोचन आचार्य, तेजबहादुर बानियाँका नाम सिफारिस गरेको छ। त्यस्तै दुई नम्बर प्रदेश क्षेत्रबाट पासाङ दोङ, रमेश भण्डारी, सागर श्रेष्ठ, जिमी लामा, मधुसुदन सिग्देलको नाम सिफारिस गरेको छ।

यस्तै, राप्रपाले पनि प्रनिनिधि सभा २ मा पशुपति शम्सेर राणालाई उम्मेदवार सिफारिस गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.