|

जनकुपर : प्रमुख जिल्ला अधिकारी (सिडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीविहीन बनेपछि धनुषा जिल्लाको शान्ति सुरक्षामा समस्या थपिएको छ। प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई असोज ९ गते नै मन्त्रालयमा सरुवा भएर गएदेखि धनुषा १३ दिन देखि सिडियो विहिन बनेको छ।

जिल्लामा नयाँ सिडियो पठाउनेबारे गृह मन्त्रालयबाट कुनै जानकारी नआएको प्रशासकीय अधिकृत दिपक कर्णले बताए। धनुषाका सम्पूर्ण सरकारी कार्यालयको नियन्त्रण तथा निर्देशन गर्ने सिडियो भएपनि जिल्लामा सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको विषयमा दिने निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या परेको हो।

यता धनुषा जिल्लामा २ वटा सहायक सिडियोको दरबन्दी रहे पनि हाल कार्यक्षेत्रमा एकजना पनि छैनन्। दुईवटा सहायक सिडियोमध्ये डेढ महिना तथा डेढ वर्ष अघि सरुवा भएर गएका क्रमशः सहायक सिडियो किशोर चौधरी र हरि बाँस्तोलाको दरबन्दीमा गृह मन्त्रालयले अर्को व्यक्ति पठाउन सकेको छैन।

धनुषामा दुई जना सहायक प्रमुख जिल्ला अधिकारी र एक प्रमुख जिल्ला अधिकारी हुनुपर्नेमा अहिले एक जना समेत छैनन्। १३ दिनअघि प्रमुख जिल्ला अधिकारी सरुवा भएर गएदेखि निमित्त प्रमुख जिल्ला अधिकारीको काम प्रशासकीय अधिकृत दिपक कर्णले गरिरहेका छन्। 

निमित्त सिडियो कर्णका अनुृसार प्रशासन कार्यालयबाट हुने मुद्दा सम्बन्धी काम सिडियो नहुँदा रोकिएको छ। कार्यालयबाट दिइने सेवा सम्बन्धी अरु कुनै काम नरोकिए पनि मुद्दा मामिला सम्बन्धी अन्य सम्पुर्ण कामकाज अहिले ठप्प रहेको छ।

गृहले जिल्ला प्रसाशन कार्यालय धनुषामा नयाँ सिडियो नपठाई सिडियोको सरुवा गरेको छ। अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि आगामी प्रदेश र संसदको निर्वाचन तथा कार्ययोजन बनाउने अपठ्यारो भएको धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.