विश्व

नोबेल शान्ति पुरस्कार आइक्यानलाई
SHARES

असोज २०, २०७४

    ओस्लो : सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान)  ले जितेको छ। नर्वेली नोबेल शान्ति पुरस्कार समितिले शुक्रबार यस वर्षको नोबेल शान्ति पुरस्कार यस समूहलाई प्रदान गर्ने घोषणा गरेको हो।

    एघार लाख डलर सहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ। “आइक्यानले आणविक हतियार मानवीय विनासको कारक बन्नसक्नेतर्फ ध्यान केन्द्रित गर्दै यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको छ,” नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले भनेकी छिन्।

    उनले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियारलाई विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गरिन्। नोबेल समितिले विश्वमा बनिरहेका परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च रहेको बताएको छ।

    यसै वर्षको जुलाईमा विश्वका १ सय २२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए। 

    यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन्। सयौं गैरसरकारी संस्थाहरु सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जेनेभामा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]