विश्व

पाकिस्तानमा आत्मघाती आक्रमण, २० जनाको मृत्यु
SHARES

असोज २०, २०७४

    पाकिस्तान : दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक आत्मघाती आक्रमणमा ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ। 

    झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको पवित्रस्थलनजिकै बिहीबार भएको सो आत्मघाती हमलामा तत्काल १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका थिए।

    त्यस आक्रमणका घाइतेमध्ये थप सात जनाको मृत्यु भएको छ। सो सङ्ख्या शुक्रबार २० पुगेको बताइएको छ। यस घटनामा परी अन्य ३० जना घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन्।

    बलुचिस्तानको गान्दवा क्षेत्रको झाल मुग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको छ। मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि एक मस्जिदबाहिरै बिस्फोट गराएका थिए।

    प्रार्थनाका लागि मस्जिद गइरहेका र प्रार्थनागरी फर्कदै गरेका १३ जना स्थानीय बासिन्दाको तत्काल मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी असाद ककारले एएफपी समाचार समितिलाई बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]