|

कावासोती : नवलपरासीको कावासोतीमा शुक्रबारबाट नवलपुर महोत्सव सुरु भएको छ। आयोजक नवलपुर युवा मञ्चले सामुदायिक वन क्षेत्रको जग्गामा सञ्चालन गरेको यस महोत्सव अझै १० दिनसम्म चल्नेछ। 

तर आयोजक संस्थाले जसको जग्गा प्रयोग गरेको हो उसैसँग अनुमति लिएको छैन। स्थानीय प्रशासनले पनि यस महोत्सव आयोजनाका लागि अनुमति दिएको छैन। 

प्रस्तावित सामुदायिक वनभित्र पर्ने सेक्टर वन कार्यालयको जग्गामा महोत्सव सञ्चालन भएको छ। वन कार्यालयले अनुमति नदिएपनि आयोजकले सामुदायिक वन क्षेत्रमा महोत्सव गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण बहादुर देवकोटा बताए।

उनले यसअघि यस स्थानमा महोत्सव नगर्न पत्राचार नै गरेका थिए। ‘महोत्सव गर्ने लागिएको स्थान प्रस्तावित सामुदायिक वन क्षेत्रमा पर्ने भएकाले उक्त्त महोत्सव गर्न भनिएको स्थानमा महोत्सव गर्ने नगराउन भनेर पत्र काटिएको छ,’ उनले लेखेको पत्रमा उल्लेख छ। 

उक्त्त क्षेत्रमा महोत्सव गर्दा वन तथा वातावरणमा प्रत्यक्षरुपमा ठुलो असार पर्ने भएकाले उक्त्त स्थानमा महोत्सव नगर्न भनेर आफुले पत्र काटेको सेक्टर बन कार्यालय कावासोतीका प्रमुख कृष्ण बहादुर देवकोटाले बताए। नवलपुर युवा मञ्चले आफुहरुले अनुमति नदिएको स्थानमा महोत्सव गरेकोले कारबाही प्रक्रिया अगाडि बढने देवकोटाले बताए। 

पटक-पटक आग्रह गर्दा पनि दिइएन अनुमति 

महोत्सव सञ्चालन गर्नका लागि आयोजकले कावासोती नगरपालिकासँग पनि अनुमति लिएको छैन। महोत्सवका संयोजक मंगल लामाले पटक– पटक महोत्सव गर्ने अनुमति माग्दा पनि नगरपालिकाले अनुमति नदिएका कारण महोत्सव गर्न बाध्य भएको बताएका छन्। 

नगरपालिकाका उपप्रमुख प्रेमशंकर मदर्नियाले नवलपुर उद्योग वाणिज्य संघले क्लबलाई महोत्सव गर्न नदिन माग गर्दै विरोध गरेपछि अनुमति नदिएको बताए। अनुमति दिने विषयमा उद्योग वाणिज्य संघ र नवलपुर युवा मञ्चबीच पटक–पटक बार्ता बसे पनि वार्ता सफल हुन सकेको थिएन। 

जिल्ला प्रशासन कार्यालयबाट सामाग्री प्रर्दशनीको लागि यस महोत्सव आयोजकले अनुमति लिएका छन्। ‘प्रशासनले  समान प्रदर्शनका लागि अनुमति दिएको हो। तर उक्त्त महोत्सवमा समान किनबेच भए अनुमतिभन्दा बाहिर हुन्छ। कारबाही समेत हुनसक्छ,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.