|

कञ्चनपुर : प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कांग्रेस कञ्चनपुरले दुई सय आठ उम्मेदवारको नामावली सिफारिस गरेको छ। बहादुरसिंह थापा पाँच स्थानबाट सिफारिस भएका छन्।

उनी गत संविधानसभा चुनावमा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए। थापा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. २ र ३ बाट प्रत्यक्षमा र २ बाट समानुपातिकमा सिफारिस भएका छन्। उनी प्रदेश ४ र ५ बाट समेत प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

स्थानीय तह र निर्वाचन क्षेत्रीय समितिबाट सिफारिस भई आएका नामावली जिल्ला पार्टीले जस्ताको त्यस्तै केन्द्रमा सिफारिस गरेको कञ्चनपुरका सभापति हरि बोहराले बताए। क्षेत्रीय समितिले माग गरेभन्दा बढी आंकाक्षीको नामावली सिफारिस गरेका कारण जिल्लाबाट थप्न घटाउन नमिल्ने भएकाले सबै नाम केन्द्रमा पठाएको उनको भनाइ छ।

यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी चारै क्षेत्रका सांसदलाई यसपटक पनि सिफारिस गरिएको छ। सांसदहरू क्षेत्र नं. १ बाट दिवानसिंह विष्ट, २ बाट नारायणप्रकाश साउद, ३ बाट बहादुरसिंह थापा र ४ बाट रमेश लेखक सिफारिस भएका हुन्।

निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ दिवानसिंह विष्ट, गोपाल गुरुङ, चन्द्रबहादुर सिंह, र लभबहादुर शाही पनि सिफारिस भएका छन्। २ बाट नारायणप्रकाश साउद, बहादुरसिंह थापा, हरिप्रसाद बोहरा, भवानीदत्त भट्ट सिफारिस भए। ३ बाट रमेश लेखक, प्रेमकुमार विष्ट र बहादुरसिंह थापा प्रतिनिधिसभाका लागि सिफारिस भए।

समानुपातिकका लागि १ बाट शेरबहादुर विक, राधिका जोशी, प्रवेश राना, भगवती पाण्डेयलगायत नौजना, २ बाट बहादुरसिंह थापा, देवराज पाठक, गणेश पन्त, लक्ष्मी बोहरा, गणेश विक, भरत राना र ३ बाट तारणिदत्त चटौत, अन्तराम भट्ट, गंगादत्त जोशी, शान्ता शर्मा सिफारिस भए।

प्रदेश सभा प्रत्यक्षतर्फ १ को (क) बाट हरेन्द्रबहादुर विष्ट, जनकसिंह धामी, भीमबहादुर थापालगायत १७ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भगवती विष्ट, दानबहादुर पाण्डेय, लाल रावतलगायत १५ जनाको नाम सिफारिस गरिएको छ। (ख) बाट भरत विष्ट, बिन्दु श्रेष्ठ, बन्धु राना, अमरजंग साउद, तनुकराज पन्तलगायत र समानुपातिकतर्फ ठाकुरप्रसाद बराल, तोयप्रसाद शर्मा, मीरा चन्द, गीता बस्नेतलगायत १० जनाको नाम सिफारिस गरिएको छ। 
प्रदेश सभातर्फ क्षेत्र नं. २ को (क) बाट मीनबहादुर सिंह, सिद्धराज भट्ट, लालबहादुर सिंह, गणेश विष्टलगायत १५ र समानुपातिकतर्फ कल्पना पन्त, मानसिंह भण्डारी, धर्मा विष्ट, पदम ओझालगायत १३ जनाको नाम सिफारिस गरेको छ। (ख) बाट प्रत्यक्षतर्फ बहादुरसिंह थापा, हरिप्रसाद बोहरा, भोजराज बोहरा, चिन्तामणि भट्ट, दलबहादुर बोहरालगायत नौ र समानुपातिकतर्फ भैरवसिंह ऐर, गणेश विक, निलम लेखकलगायत २७ जनाको नाम सिफारिस गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.