उदयपुर : नेकपा एमाले उदयपुरले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।
एमाले उदयपुरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमाले जिल्ला कमिटी सदस्य टेकबहादुर राउत, पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य राममणि पोखरेल र वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद मञ्जुकुमारी चौधरीको नाम सिफारिस गरिएको छ। त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. २ को लागि एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसांसद जगनाथ खतिवडा र लेखा आयोग सदस्य तथा पूर्वसांसद विष्णुबहादुर राउतको नाम सिफारिसमा परेको छ।
प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा क्षेत्र नं. १ (क) मा कालु लामा, कुमारजंग कार्की, कुशलबाबु बस्नेत, टेकनारायण चौधरी, डिल्ली विमली, ढकबहादुर विष्ट, धनपति आचार्य, नरेन्द्र राउत, नारद निरौला, पुष्पराज सुवेदी, प्रेमबहादुर सुवेदी, राजेन्द्र कुमार कटुवाल, विमल कार्की, राजकुमार राई, विसन विष्ट, शम्भु पौडेल, शरण राई, शिव अधिकारी, श्यामबहादुर राई, सन्तोषकुमार बस्नेत, सम्झनाकुमारी पोखरेल, सुरेन्द्र बस्नेत, सोमन चौधरी र हरिनारायण पञ्जियारको नाम सिफारिस गरिएको छ।
प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा क्षेत्र नं १ (ख) मा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरे, सचिवालय सदस्यद्वय प्रकाश बस्नेत र दुर्गा परियार, जिल्ला कमिटी सदस्यद्वय भागवत राउत र माया भण्डारीको साथै आर्थिक विभाग सदस्य महेश रेग्मीको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जानकारी दिएको छ।
प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ गोपाल खत्री, कैशाल बस्नेत, भरत थापा, होमबहादुर दाहाल, अम्बर रायमाझी, शैलेश लामा, देवराज राई, मेघराज दाहाल र अमृतध्वज राई रहेका छन्। यस्तै समानुपातिकतर्फ टामिन्द्र राई, कुमारी आले, चक्रबहादुर तामाङ, उर्मिला दाहाल, ज्ञानबहादुर समाल, ताराबहादुर थापा मगर र चूडामणि लुइँटेलको नाम सिफारिस गरिएको छ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रदेश सभा क्षेत्र नं २ (ख) मा मणिसुन्दर श्रेष्ठ, नोक श्रेष्ठ र कला घलेको नाम सिफारिस गरिएको छ।
क्षेत्रिय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि नामावली जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो। जिल्लाकार्य समितिले क्षेत्रिय समितिबाट सिफारिस भई आएको नामावलीलाई शनिबार जिल्ला कमिटीको बैठक पछि केन्द्रमा पठाइने एमाले उदयपुरका सचिव परमेश्वर घिमिरेले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको नाम पनि शनिबार नै सिफारिस गर्ने जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।