|

युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन शुक्रबार म्यानमारलाई आह्वान गरेका छन्।

केही हप्ता अगाडी म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बङगलादेश लगायतका देशमा शरणार्थीका रुपमा बसोबास गरिरहेका रोहिङ्ग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरेका हुन्।

टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिङ्ग्याहरूलाई आवश्यक सहयोग पनि म्यानमारले तत्काल उपलब्ध गराउनु पर्ने बताए।

म्यानमारको सेनाले रोहिङ्ग्याहरूको घर जलाईदिन थालेपछि उनीहरू विस्थापित भएर बङ्गलादेशमा शरणार्थी हुनु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

नयाँदिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नु पर्नेमा जोड दिए।

उनले युरोपेली सङघको तर्फबाट गर्न सकिने सहयोग र भूमिकाका लागि सङ्घ तयार रहेको पनि जानकारी दिएका छन्।

गत अगस्तको अन्त्य तिर म्यानमारमा भड्कीएको हिंसाका कारण झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिस बङ्गलादेशमा शरणार्थी भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

तर म्यानमार सरकारले भने विस्थापित भएकाहरू अवैध आप्रवासीहरू भएकाले उनीहरू म्यानमारका नागरिक नभएको दावी गरेको छ।

विध्वंशका कारण संकटग्रस्त क्षेत्रमा हालै मात्र स्थलगत अवलोकन गरेको संयुक्त राष्ट्रसङ्घको टोलीले बुद्ध धर्माबलम्वी म्यानमारका नागरिकको अवस्था ‘अकल्पनीय’ पिडादायी भएको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.