|

कालिकोट : कालिकोटका पत्रकार अर्जुनप्रसाद भट्टराईमाथि शुक्रबार पौने ६ बजे सांघातिक आक्रमण भएको छ। भट्टराईलाई शुक्रबार बेलुका नचिनेका मानिसहरुको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। 

उक्त समूहको कुटपिटबाट पत्रकार भट्टराई गम्भीर घाइते भएका छन्। बेहोस अवस्थामा रहेका भट्टराईको जिल्ला अस्पताल कालिकोटमा उपचार सामान्य उपचारपछि अहिले नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।

नेपालगञ्जमा थप उपचारका लागि लगिएका भट्टराईको अझै होस नखुलेको र पिसाबबाट रगत बग्न थालेको भट्टराईका दाजु गौरी भट्टराईले बताए। ‘अवस्था गम्भीर रहेको छ’ उनले भने,–‘होस खुल्न सकेको छैन। पिसाबबाट निरन्तर रगत बगिरहेको छ।’ पत्रकार भट्टराई पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस सेन्टर, नेपाल कालिकोटका अध्यक्ष समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.