|

रुपन्देही : नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार प्रदेश कमिटीमा सिफारिस गरेको छ।

एमाले जिल्ला कमिटीको शुक्रबार भैरहवामा बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीका अनुसार रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लिला गिरी र मीना पाण्डेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ प्रदेशसभाका लागि क्षेत्र नम्बर १ क बाट सिद्धिचरण भट्टराई, निलकण्ठ पौडेल, ध्रुव खरेल, सुनिल कौशल, कृष्ण न्यौपानेको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ ख बाट यज्ञ गैरेको नाममा सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका उपमहासचिव विष्णु पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को क बाट गोपाल भट्टराई, गोपाल राना र ख बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ घनश्याम भुसाल, विजय पौडेल र पुष्पाञ्जली उपाध्यायको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ क बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव हटुवाल तथा ख बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम सिफारिस गरिएको छ।

बैठकले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विद्याञ्चल यादव र गंगा ठठेरको नाम सिफारिस गरेको छ। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ क बाट प्रत्यक्षतर्फ पल्लवी सुब्बाका नाम सिफारिस गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर ५ क बाट भूमिश्वर ढकाल, मीनप्रसाद घिमिरे, ज्ञानकुमारी बेलबासेको नाम सिफारिस गरिएको छ। बैठकले सबै समुदायको प्रतिनिधित्व हुने गरी समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.