|

अर्जुन बोहरा-

    सिमकोट : सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा  २० किलो चामल निःशुल्क दिने गरेता पनि खाद्य संस्थान हुम्लाले  पैसा लिने गरेको छ। २३ भदौमा  कर्णालीका ५ वटै जिल्लाका बासिन्दालाई  जन्म र मृत्यु हुँदा सरकारले स्थानीयवासीलाई २० किलो चामल निःशुल्क दिने घोषणा गरेको थियो।

     तत्कालीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरेअनुरुप हुम्ला लगायतका कर्णाली अञ्चलका पाँचैवटा जिल्लामा नेपाल खाद्य संस्थान शाखा कार्यालयले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल दिँदै आएको छ। तर, हुम्लामा भने सोना मसिनो चामलको भन्दै  प्रति २० केजीबाट  २ सय ४० रुपैयाँ लिने गरेको नेपाल खाद्य संस्थान हुम्लाले स्वीकार गरेको छ।

    राज्यले जुनसुकै चामल भए पनि मृत्यु वा जन्म भएका स्थानीय बासिन्दालाई गाउँपालिकाबाट आएका सिफारिसअनुसार  निःशुल्क चमाल दिने गरेको छ। तर, हुम्लामा भने सोना मसिनो चामल वितरण गरेको भन्दै  प्रतिमृत्यु र जन्म भएकाबाट  भरपाई गराउँदै  २० केजीको २ सय ४० रुपयाँ असुल्ने गरेको सिमकोट गाउँपालिका २ ठेहेका मृत्यकका आफन्त हिरालाल परियारले थाहा खबरलाई बताए।

    उनका अनुसार अरुवा मोटा चामलको रुपैयाँ नलिने गरेको भन्दै मसिनो चामलको मात्र  २० केजीको २ सय ४० रुपैयाँ लिने गरेको खाद्य संस्थानका कार्यालय सहयोगी हर्कधन शाहीले बताए।

    उता, सरकारले संसद्बाटै कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामलसहित ढुवानी खर्चसमेत दिनेसम्बन्धी निर्देशिका समेत पारित भएको तर, मृतक तथा जन्मेका आफन्तले भने २० केजी चामल निःशुल्क  र उल्टै पैसा लगेको सिमकोट गाउँपालिका २ ठेहेका जसबहादुर दमाईंले बताए।

     हुम्लामा  जन्म र मृत्यु भएको गाविसको प्रमाणित कागजात ल्याएमा संस्थानमा आउने स्थानीयबासिन्दालाई चामल दिने र डिपो कार्यालयमा रहेका गाविसभन्दा बाहिरका स्थानीयबासिन्दा आएमा प्रतिदिन पाँच रुपैयाँका दरले ढुवानी खर्च दिने र यो बढीमा दुई दिनसम्मको मात्र दुवानी खर्च दिने निर्णय भएको छ।

    के भन्छन् हुम्लाका सिडिओ?

    सरकारले कर्णालीका जनताका लागि मृत्यु र जन्मका लागि २० केजी चामल निःशुल्क वितरण गर्ने प्रावधान आपूmलाई कुनै जानकारी नभएको र आपूm भर्खरै हुम्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको हुँदा यसबारे थप सम्बन्धित निकायसँग बुझ्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए।

    नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख नारायण सिंह केसीले भने आफूले त्यस्तो निःशुल्क दिने जन्म र मृत्युको चामलको पैसा लिने नगरेको यदि लिएको भए यसबारे आफू कार्यालयमा छलफल गर्ने बताए।

    दसैंखि अहिलेसम्म ५ जनालाई निःशुल्क चामल वितरण गरेको संस्थानको कार्यालय सहयोगी शाहीले बताए। आफू हाकिमको आदेशमा चल्ने भएकाले हाकिमको आदेशअनुसार काम गरेको शाहीको भनाइ छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.