कांग्रेस र माओवादी केन्द्रको के छ अवस्था?

|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा एमालेले आगामी  प्रतिनिधि र प्रदेशसभाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिसमा जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो।

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ का आर्थिक विभाग प्रमुख अम्बीरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिस गरेको छ।

समानुपातिक तर्फबाट भने सांसद शकुन्तला राजभण्डारी, उत्तम राई, बलबहादुर परियार, मानवबहादुर विक, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ अनेरास्ववियु विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फबाट भने नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिस गरिएको नेकपा एमाले प्रचार विभागका प्रमुख तीर्थ सुवेदीले जानकारी दिए।

संघीय प्रतिनिधिसभामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुुनुवारको एकल नाम सर्वसम्मत बनाउन अधिकांश जिल्ला कमिटी सदस्यहरुले दबाब दिएका थिए। तर, वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीले दाबी गरेपछि दुवै नाम सिफारिस गरिएको छ।

संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फ चम्पा राई, सीताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणीन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ। पार्टीको सर्कुलरमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम तीन/तीन जनाको नाम पठाउन भनिए पनि अकांक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरै नाम पठाएको एमाले स्रोतको दाबी छ।

कांग्रेसले केन्द्रलाई गुहार्‍यो

नेपाली कांगे्रस ओखलढुंगाले  संघ र प्रदेश प्रतिनिधि सदस्यसभाको निर्वाचनमा भाग लिने उम्मेदवार टुंगो लगाउन नसकेपछि केन्द्रीय समिति गुहारेको छ। संघ र प्रदेश दुवैमा उठ्ने आकांक्षी धेरै भएपछि जिल्ला कार्य समितिले उम्मेदवार छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई लगाएको हो। कांग्रेसले उम्मेदवार सिफारिस गर्न साविकका गाउँ कार्य समिति, क्षेत्रीय समिति, भ्रातृ संघ संगठन लगायतलाई आह्वान गरेको थियो।

 सिफारिस भई आएको सुझावलाई जिल्ला कार्य समितिले जस्ताको तस्तै केन्द्रमा सिफारिस गरेको ओखलढुंगा कांग्रेस प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए। आकांक्षी धेरै भएर जिल्लामा टुंगाउने अवस्था नभएपछि केन्द्रलाई जिम्मा लगाएको कांग्रेस प्रवक्ता ढुंगानाले बताए।

कांग्रेस क्षेत्र नं १ र २ दुवै क्षेत्रीय कार्य समितिले समेत प्रदेशमा उठ्ने उम्मेदवार टुंगो लगाउन अझै सकेको छैन। अब अन्तिम निर्णय केन्द्रले नै गर्छ, केन्द्रले जसलाई सिफारिस गरे पनि चुनावमा सक्रिय रुपमा सघाउने जिल्ला पार्टीको निर्णय भएको ढुंगानाको भनाइ छ।

संघीय प्रतिनिधिसभाका लागि सिफारिस भई आएका आकांक्षी धेरै भए पनि जिल्ला कार्य समितिले ७ जनाको नाम सिफारिस गरेको छ। केन्द्रले ७ मध्ये १ जनालाई छनोट गर्नुपर्नेछ। संघीय प्रतिनिधिसभाका आकांक्षीहरुमा पार्टी सभापति प्रदीप सुनुवार, सांसद रामहरि खतिवडासहित बालकृष्ण दाहाल, मित्रसेन दाहाल, खिलानाथ दाहाल, प्रेमराज राई र गोमा केसी रहेका छन्। प्रदेशका लागि ओखलढुंगा कांग्रेसका उपसभापति तेजेन्द्र खनालसहित डेढ दर्जन बढी आकांक्षी रहेको स्रोतले बताएको छ।

माओवादीको के छ अवस्था?

ओखलढुंगमा माओवादी केन्द्रले भने यसअघि नै निर्विवाद उम्मेदवारको नाम सिफारिस गरिसकेको छ। माओवादी केन्द्रले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट रामकुमार कार्की र निर्वाचन क्षेत्र नम्बर २ बाट मोहनकुमार खड्का र संघीय प्रतिनिधिसभाका लागी जिल्ला पार्टी इन्चार्ज बाबुराम गौतमको नाम सार्वजानिक गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.