|

झापा : झापामा क्रियाशील तीन प्रमुख राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा पठाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाबाट उम्मेदवार केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर केन्द्रमा पठाएका हुन्। प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै दलहरुले उम्मेदवार छनोटमा तीव्रता दिएका हुन्।

कांग्रेसबाट को को परे सिफारिसमा?

सिफारिस हुनेमा कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको निर्वाचनका लागि विश्वप्रकाश शर्मा सर्वसम्मत सिफारिस भएका छन्। प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर १ को ‘क’ अन्तर्गत प्रदेश सदस्यका लागि रामबहादुर कट्टेल, केशवराज पाण्डे र उषा गुरुङ सिफारिस भएको कांग्रेस झापाले जनाएको छ। 

यस्तै ‘ख’ को प्रदेश सदस्यका लागि अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे र झुनादेवी बानियाँ सिफारिस भएका छन्। यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टी जिल्ला सभापति उद्धव थापा, सरिता प्रसाई, सुधीरकुमार शिवाकोटी र राजेश खड्काको सिफारिस भएका छन्।

यसैगरी प्रदेशससभा सदस्यका लागि क्षेत्र नम्बर २ को ‘क’ मा खड्गप्रसाद प्रसाई नाम सर्वसम्मत सिफारिस भएको छ। क्षेत्र नम्बर २ को ‘ख’ मा लक्ष्मण खडका, अमृतलाल राजवंशी र जलकुमार गुरुङको नाम सिफारिस भएको पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले जानकारी दिए।

यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला सर्वसम्मत जिल्लाबाट सिफारिस भएको सचिव सम्बाहाम्फेले जानकारी दिए। यस्तै प्रदेशससभा सदस्यका लागि क्षेत्र नम्बर ३ को ‘क’ मा भूमिप्रसाद राजवंशी, तिलकसिंह पाण्डे र सर्मिला अधिकारी सिफारिस भएको कांग्रेसले जनाएको छ।

यस्तै, ‘ख’ मा भगिरथ पोद्धार, नवीन विमली र उमाराम प्रसाईको नाम केन्द्रमा पठाइएको हो। यस्तै क्षेत्र नम्बर ४ मा देउमान थेबेलाई सर्वसम्मत सिफारीस गरिएको छ। प्रदेशसभा निर्वाचनका लागि उक्त क्षेत्रको ‘क’ मा किरण भट्टराई राई, भक्तिप्रसाद सिटौला र सन्तोषकुमार मेन्याङबाको नाम केन्द्रमा पठाइएको छ। क्षेत्र नम्बर ४ को ‘ख’ मा उत्तम सुवेदीको नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस भएको छ।

यस्तै क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनका लागि केशबकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस भएको कांग्रेसले जनाएको छ।
उक्त पार्टीले प्रदेशसभा निर्वाचनकालागि क्षेत्र नम्बर ५ को ‘क’ मा दिलबहादुर बुढाथोकी, राजन ढुंगाना र भूमि राईको नाम सिफारीस भएका छ भने ‘ख’ मा यादबराज सेढाई, अनिल प्रसाई र घनश्याम रिजालका केन्द्रमा पठाएको छ। कांग्रेसले समानुपातिक उम्मेदवारको सिफारिस गर्न सकेको छैन।

 एमालेबाट को को अटाए?

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि ५ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारसि गरेर केन्द्रमा पठाएको छ। जसअनुसार झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम प्रतिनिधिसभा सदस्यकालागि समावेश भएको छ।

एमालेले क्षेत्र नम्बर १ कालागि प्रतिनिधिसभा सदस्यमा गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बरं २ मा पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ मा पुष्पराज पोखरेल, क्षेत्रमा लालप्रसाद (एलपी) साँवाको नाम सर्वसम्मत सिफारीस गरेर जिल्लाले केन्द्रमा पठाएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए।

यस्तै प्रदेशसभा सदस्यकालागि क्षेत्र नम्बर १ को ‘क’ मा श्रीप्रसाद मैनाली, देवकुमार राई र सविता दाहालको नाम केन्द्रमा पठाएको छ भने उक्त क्षेत्रको ‘ख’ मा हरिचरण बानिया, घनश्याम अधिकारी र सविता भण्डारीको नाम केन्द्रमा सिफारीस भएको छ। क्षेत्र नम्बर क्षेत्र नं २ को ‘क’ मा एकराज कार्की सर्वसम्मत सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ को ‘ख’ मा बृर्ख प्रधान, भाष्कर काफ्ले र देवीमाया भट्टराई प्रदेशसभा सदस्यकालागि केन्द्रमा सिफारीस भएका छन्। प्रदेशसभा निर्वाचनकालागि क्षेत्र नम्बर ३ को ‘क’ मा बसन्त बानिया सर्वसम्मत सिफारीस भएका छन्। क्षेत्र नम्बर ३ को ‘ख’ मा हरि राजबंशी, नारायण पोखरेल, वेदराज रेग्मी, पदम थापा र धनकेशर बस्नेतको नाम केन्द्रमा पठाइएको छ।

त्यसैगरी प्रदेशसभा सदस्यकालागि क्षेत्र नम्बर ४ को ‘क’ मा राधाकृष्ण खनाल, कैलाश मास्के, कमल लामिछाने, टंक ढुंगेल, तुलसी मैनाली र राजिव घिमिरेको नाम सिफारीस भएको छ भने ४ को ‘ख’ मा हिरा थापा, रंगलाल दाहाल र गोमा ल्वागुनको नाम सिफारी सभएको छ।

क्षेत्र नम्बर ५ को ‘क’ मा अर्जुन राई,  होमबहादुर थापा, सुमित्रा भण्डारी, राजेन्द्र दाहाल, इन्द्र बुढाथोकी, इन्द्र भण्डारी र अम्बिका खनालको नाम केन्द्रमा पठाईएको एमालेले जनाएको छ। क्षेत्र नम्बर ५ को ‘ख’ मा गोबिन्द थापा, हिक्मत कार्की र मीना ढकालको नाम एमालेले केन्द्रीय समितिमा पठाएको एमाले झापाले जनाएको छ।

 माओवादी केन्द्रबाट यस्ता छन् सिफारिस उम्मेदवार

नेकपा माओवनादी केन्द्रले पनि जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ। भर्खरै एमालेसँग गठबन्धन गरेको माओवादी र एमालले झापाको ५ वटै निर्वाचन क्षेत्रमा पार्टीबाट उम्मेदवार बनाएको छ। पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार आ-आफ्नो पार्टीले केन्द्रमा उम्मेदवार सिफारिस गरेपनि पछि मिलाउँने बताए। उनले झापामा पनि ६०/४० मा उम्मेदवारको टुंगो लाग्ने बताए।

माओवादीले प्रतिनिधिसभाको निर्वाचनकालागि क्षेत्र नम्बर १ मा बोधराज दाहाल र प्रकाश भण्डारी, क्षेत्र नम्बर २ मा पार्टीका नेता सुरेन्द्रकुमार कार्की, क्षेत्र नम्बर ३ मा धर्मशीला चापागाई, मोहन टुडु र मेघप्रसाद रेग्मीको नाम केन्द्रमा पठाएको छ।

यस्तै, क्षेत्र नम्बर ४ मा झलकसिंह दर्लामी र मणिकुमार राई , क्षेत्र नम्बर ५ मा रेवतराज पुरी (गगन) र राधिका ओझा सुवेदीलाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारीस गरेको माओवादी केन्द्रले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.