|

बागलुङ : बागलुङ बजारबाट पोखरा जाँदै गरेको यात्रुवाहक वस मालढुंगानजिकै दुर्घटनामा परेको छ। दुर्घटनामा एक बालकसहित २ जना घाइते भएका छन्। मालढुंगादेखि करिब ३ सय मिटर बागलुङतर्फ पर्ने सडक छेउमा रहेको पोलमा ठोकिएर ना५ख २१०६ नम्बरको बस दुर्घटनामा परेको हो।

घटनामा नवलपरासीको सुनवाल-११ का ९ वर्षीय बालक कृष्ण खत्री र उनकी हजुरआमा सोही ठाउँकी ५६ वर्षीय हरिकला कार्की घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।

उनीहरु दुवै जनाको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। खत्रीको अनुहारमा तथा कार्कीको हात र खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

तीव्र गतिका कारण बस अनियन्त्रित भई बिजुलीको पोलमा ढोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख छवबहादुर घर्तीले बताए। बसका चालक धनुषा गोदार-१ का पुष्पराज मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.