|

नवलपरासी:  नवलपरासीको नवलपुर क्षेत्रमा १४ करोडको लगानीमा नयाँ होटल निर्माण सुरु भएको छ। युवा व्यवसायी सुरेन्द्र चौधरीको लगानीमा नवलपरासीको मध्यविन्दु नगरपालिकामा होटल निर्माण सुरु गरिएको हो।

होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइएको उक्त होटल नारायणी नदी किनार क्षेत्रमा १० कठ्ठा साढे १७ धुर जग्गामा फैलिएको छ। होटल व्यवसायी चौधरीका अनुसार ३० वटा वतानुकूलित सुविधा सम्पन्न कोठा, ३ सय क्षमता भएको सेमिनार हल, एक सयजना क्षमता भएको रेष्टुरेण्टसहितको होटल निर्माण हुनेछ । होटलभित्रै स्वीमिङ पुल, फिट्नेस सेण्टर, सानो स्केलको सपिङ सेन्टर, थारु समुदायको परम्परागत खानाको व्यवस्थापन हुनेछ।

यस्तै नारायणगढको पुलदेखि होटलसम्म दैनिक राफ्टिङको व्यवस्था, साइकिलिङ टुर, जिप सफारी, हात्ती सफारीलगायतको व्यवस्थापन गरिने हुँदा सोहीअनुसारको संरचना निर्माण भइरहेका छन्। होटल परिसरभित्रै मनि एक्सचेञ्ज काउण्टर, एटिएमको व्यवस्थापन हुनेगरी होटलको संरचना तयार भइरहेका छन्।

पाँच महिनाभित्र होटलको सम्पूर्ण निर्माण काम सकेर होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको चौधरीले जानकारी गराए। नवलपुरकै सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा सञ्चालनमा आउन लागेका यो होटलमा कम्तीमा ६० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने उनको भनाई छ।

योसंगै पश्चिम चितवनको पटिहानीमा पनि सुविधा सम्पन्न होटल निर्माणको काम शुरु हुने तयारीमा। राप्ती नदी किनार नजिकै होटल निर्माणका लागि चार विगाहा एक कठ्ठा जग्गा खरिद भइसकेका छन् । करिब ६० करोडको लगानीमा यो होटल निर्माण गर्ने योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.