|

वीरगन्ज : पर्सा राष्ट्रिय निकुंञ्ज अन्तर्गत पर्ने वीरगंज हेटौंडाको मुख्य राजमार्ग बाराको आधाभारमा हात्तीको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन्। वीरगंजबाट मोटरसाइकलमा हेटौंडा जादै गरेका पर्साको पोखरिया नगरपालिका वडा नं.८  सेमरवारीका सोनालाल साह हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका हुन्।

आज दिउँसो २ बजेको समयमा पर्सा राष्ट्रिय निकुंञ्जबाट आएको जंगली हात्तीले वीरगंज हेटौडा सडकखण्डको आधाभार नजिकैको मुख्य राजमार्गमा नै मोटरसाइकलमा सवार साहलाई समातेर खुट्टाले कुल्चेर गम्भीर घाईते बनाएको हो।

घाइते साहलाई उपचारको लागि वीरुगंजको तराई अस्पतालमा ल्याएपनि उपचार सम्भव नभएपछि वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.