|
प्रतीकात्मक तस्विर

पाँचथर : सवारी दुर्घटनामा परेर साउदी अरबमा  एक नेपालीको मृत्यु भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ का २७ वर्षीय टीकाराम लाम्गादेको  मृत्यु भएको हो।

शनिबार सामान किन्न गएका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिमेकी सुकपाल विश्वकर्माले जानकारी दिए। उनको शव चाँडै नेपाल ल्याउन परिवारले सरकारसँग आग्रह गरेको छ।

दुई वर्षअघि साउदी पुगेका टीकारामका दुई श्रीमती र तीन छोरी छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.