फ्री नम्बर, लक्की टिकट भन्दै व्यापार सञ्चालन

|

जनकपुरधाम : जनकपुरको समाजसेवामा लागेका भनिएका अधिकांश युवा क्लबले गोरखधन्दा सञ्चालन गरेर विभिन्न समयमा आलोचित हुँदै आए पनि त्यस कार्यमा सुधारोन्मुख प्रयास गरिएको नदेखिएको नगरवासीको गुनासो छ।

जनकपुरमा केही स्वनाम धन्य युवा क्लबले समाजसेवा कम र अवैध काम बढी गर्ने र गराउने काम गर्दै आएको तथा राजनीतिक दलका पृष्ठपोषक बन्दै आएको सर्वत्र चर्चा चलेको समयमा भाग्यवादी विचारधाराका एजेन्टको रुपमा अवैध चिठ्ठा सञ्चालन गरेर खुलेआम रुपमा सर्वसाधारणलाई ठगी गर्दै आएको नगरमा व्याप्त चर्चा छ।

परे उपहार नपरे उपकार’ भन्दै सर्वसाधारणहरुलाई वर्षौंदेखि अन्धकारमा

जनकपुरको मुटुमा रहेको रामचोकमा गणेश युवा कमिटी र रामयुवा कमिटीले अवैध तरिकाले फ्री नम्बर, लक्की टिकट भन्दै आफ्नो व्यापार चलाउँदै आएको छ। रामचौकको राम टावरनजिकै दुवै कमिटीले सडकमै पण्डाल निर्माण गरी एक अर्कासँग प्रतिस्पर्धा गर्दै आफ्नो गोरखधन्दा चलाउँदै आएको देखिएको छ। 

गोरखधन्दा चलाउनमा जानकी चोकका मिथिला सेवा समाजसमेत पछाडि हटेको छैन। मिथिला सेवा समाजले पनि महिनौंदेखि जानकी चोकमा दह्रो पण्डाल, टेन्ट लगाएर लक्की नम्बर, लक्की टिकट, लास्ट टाइम युवा क्लबको चाल, जनता हलाल, निकाय मालामाल, ‘परे उपहार नपरे उपकार’ भन्दै सर्वसाधारणहरुलाई वर्षौंदेखि अन्धकारमा राख्दै आएको छ।

यसरी चिठ्ठाको क्रम जनकपुरमा प्रत्येक वर्ष दसैंको सुरुआतसँगै चल्दै आएको छ। जनकपुर सेवाको नाममा गणेश युवा कमिटी, रामयुवा कमिटी र मिथिला सेवा समाजले आ-आफ्नो क्षेत्रमा आफ्नो गोरखधन्दा प्रत्येक वर्ष सञ्चालन गर्दै आएकोमा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन्।

विश्व अर्थव्यापार तथा राजनीतिक समकक्षमा मात्र होइनन सम्पूर्ण राज्यका निकायहरुमा पुरातन सोच तथा शैलीलाई तिलाञ्जलि दिँदै नयाँ नुतन सोच तथा विश्व सापेक्ष योजना तथा कार्यहरु अवलम्बन गरिरहेको बेला ती क्लवहरुका पदाधिकारीहरुको चर्तिकला हेरेर आमभद्रभलादमी छक्क परेका हुन्।

गणेश युवा कमिटी र रामयुवा कमिटीले डिजे नै लगाएर चर्को स्वरमा हल्ला गरेर चिठ्ठा काट्ने कार्य गर्दै आएको छ। एक कमिटीको पण्डालमा बढी मानिस चिठ्ठा काट्न झुम्मिए अर्को कमिटीका व्यक्ति माइकमा चर्को स्वरमा कराएर त्यस क्षेत्रका बासिन्दालाई दिनरात आतंकित पारेको स्थानीय एक चिया पसलेले नाम नबताउने सर्तमा बताए।

उनले भने,  ‘मेरो नाम छाप्नुभयो भने त मेरो यहाँ चिया पसलसमेत रहन दिदैन, यतिका बदमास छन् यी क्लबवालाहरु!’ उनीहरुले दिनभरि चर्को स्वरमा डिजे लगाएर सो क्षेत्रमा आतंकको सिर्जना गरेको अर्का एक किराना पसलेको भनाइ छ।

चिठ्ठाबारे के भन्छन् प्रशासकीय अधिकारी?

यस सन्दर्भमा धनुषाका प्रशासकीय अधिकृत दीपक कर्णले अहिले आफू निमित्तको जिम्मेवारी मात्र सम्हालेको हुँदा कुनै पनि प्रकारको मुद्दा मामिला आपूmले हेर्न नमिल्ने बताए। उनले भने, ‘सिडियो अथवा सहायक सिडियोले मुद्दा तथा मामिला हेर्नहुन्छ, मेरो त्यो अधिकार क्षेत्रको कुरामा पर्दैन, त्यसैले मैले यस्ता कार्य गर्न मिल्दैन।’ यता, प्रजिअ कृष्ण चापागाई सरुवा भएर गएको झन्डै दुई हप्ता हुन लागेको छ।

 यता, धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले आफूहरुलाई जिल्ला प्रशासनले आदेश दिए अहिले नै उखेलेर फयाक्न आफूहरु तयार रहेको बताए। उनले सर्वसाधारणलाई कठिनाइ हुने कुनै किसिमको कुनै ठगी धन्दा वा अवैध कार्य कार्य मान्य नहुने बताए पनि जिल्ला प्रशासन कार्यालयको आदेश नभएसम्म कुनै कारबाही गर्न अपठ्यारो हुने सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.