|

हुम्ला : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले  मुगुबाट उम्मेदवार सिफारिस गरेको छ। एक हप्तादेखि बसेको कांग्रेस जिल्ला समितिको बैठकले शुक्रबार जिल्लाका उम्मेदवारहरु टुंगो लगाएको हो।

मुगुबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ भूतपूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लको नाम चयन भएको छ। प्रदेश सभाको दुई निर्वाचन क्षेत्रका लागि १ बाट नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति तथा कांग्रेस महासमिति सदस्य तिलकबहादुर मल्ललाई उम्मेदवार बनाइएको छ।

निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका जिल्ला सभापति खड्कबहादुर शाहीलाई उम्मेदवार चयन गरिएको छ। समानुपातिक तर्फ प्रदेशमा पूर्व जिल्ला सभापति ऐेनबहादुर शाहीको नाम चयन गरिएको छ।

प्रतिनिधि सभामा समानुपातिक तर्फ पार्टीका पूर्व सभापति पदमबहादुर रावल र दुर्गम क्षेत्र, महिला र जनजातिको प्रतिनिधित्व स्वरुप पाल्जुम लामालाई उम्मेदवार चयन गरिएको कांग्रेसका जिल्ला सभापति खड्कबहादुर शाहीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.