|

किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार कार दुर्घटनामा परि मृत्यु भएको छ।

उपप्रधानमन्त्री झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठोक्किदा मृत्यु भएको हो।

उनको शनिबार बिहान ७:३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ।

उपप्रधानमन्त्री झुमाकादाइरोभ र उनका सहयोगीको घटनास्थलमा नै मृत्यु भएको थियो। कार ड्राइभरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

झुमाकादाइरोभ यसै बर्षको अगस्टमा उपप्रधानमन्त्री नियुक्त भएका थिए। ३८ बर्षीय झुमाकादाइरोभ त्यसपहिले राष्ट्रिय सुरक्षा परिषद्को प्रमुख थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.