|

रुकुम : रुकुम सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा जारी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवको मुख्य आकर्षणको रुपमा मुरुभूमिमा पाइने जनावर उँट देखिएको छ। महोत्सव हेर्न आउने अधिकांश अवलोकनकर्ताले उँट हेरेर मात्र फर्किने गरेका छन्।

उँटले गालामा किस दिएर माया गर्ने, नेपाली गीतमा नाच्ने, ह्यान्डचेक गर्ने लगायतका विभिन्न प्रस्तुतिहरु देखाउने गरेको छ। उँट बुटवलका शिवलाल गौतमले महोत्सवको प्रदर्शनका लागि जिल्लामा पहिलोपटक भित्र्याएका हुन्। २ वर्षअघि भारतको राजस्थानबाट उनले १० लाखमा उँट ल्याए हुन्।

महोत्सवमा देखिएका उँटका गतिविधिहरु समेटेर रुकुमबाट थाहा खबर संवाददाता मेगराज खड्काले पठाएका तस्विर झलक:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.