|

बारा : प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराबाट दुई जना पत्रकारको नाम सिफारिस भएको छ। नेपाली कांग्रेसबाट बारा क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश क्षेत्रबाट पत्रकार गणेशराज रिजाल र सुनिल गाउँले ‘शरदचन्द्र भट्टराई’ को नाम सिफारिस भएको हो।

नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव रहेका रिजाल निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट समानुपातिक सूचीमा सिफारिसमा परेका हुन्। पत्रकार गाउँले भने  त्यसै निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फबाट सिफारिस भएका छन्। नेपाल प्रेस युनियन बारा शाखाको अध्यक्ष समेत रहेका रिजाल स्वावलम्बी साप्ताहिक पत्रिकाका संस्थापक हुन्। लामो समयदेखि पत्रकारितामा सक्रिय रिजाल पछिल्लो समय राजनीतिमा क्रियाशील छन्।

२०६० सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील रहेका पत्रकार गाउँले हाल हेडलाइन खबर प्रालिको दुई प्रकाशन हेडलाइन खबर डटकम र हेडलाइन एक्सप्रेस पत्रिकाको सम्पादक हुन्।

श्रममन्त्री मन्सुर प्रतिनिधि सभा क्षेत्र नं.३ बाट सिफारिस

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर प्रतिनिधि सभा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनतर्फ सिफारिसमा परेका छन्। नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेका मन्सुरसंगै सासंद लालबाबु सिंह भुईहार र नेता फूल महमद मियाँ धुनियाको नाम पनि सिफारिस गरेको छ।

कांग्रेसले सो क्षेत्रबाट समानुपातिक तर्फ भने प्रभातकुमार चौरसिया, सलमा खातुन र ऋषिकेश गौतमको नाम सिफारिस गरेको छ। यसैगरी प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले क्षेत्र नं. ३ (क) मा प्रत्यक्षतर्फ रामानन्दप्रसाद यादव, मनोजकुमार शर्मा (भट्ट), कृष्ण वाग्ले र अफरोज मियाँ अन्सारीको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।

यस्तै प्रदेशसभा क्षेत्र नं. ३ (ख) अन्तर्गत जयचन्द्र चौरसिया, मोहमद अतिउर रहमान (पप्पु), तेजनारायण प्रसाद कलवार, राजेन्द्र जैयसवाल र पंकज पाण्डेय रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.