|
फाइल फोटो

  • रमेश तिमलसिना-

रौतहट : नेकपा एमाले जिल्ला कमिटी रौतहटले क्षेत्र नम्बर १ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्ष उमेदवारका लागि नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ बाट वरिष्ठ नेता नेपालको एकल नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर ४ बाट नेपालसँगै सासंद रामकुमार भट्टराईको नाम सिफारिस गरेको एमाले जिल्ला कमिटी रौतहटका प्रचार विभाग प्रमुख विपिन गौतमले जानकारी दिएका छन्।

यस्तै, क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको प्रत्यक्ष उमेदवारका लागि शैलेन्द्र साह र क्षेत्र नम्बर ३ को लागि जिल्ला पार्टी अध्यक्ष कमल राय यादव, डा. वंशिधर मिश्र र बासु चौधरीको नाम सिफारिस गरेको प्रचार प्रमुख गौतमले जानकारी दिएका छन्।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले १२ जना प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस गरेको उनले जानकारी दिएका छन्। समानुपातिकतर्फ पार्टीका केन्द्रीय सदस्य कल्याणी खडका, सरला यादव गौर नगरपालिकाका नगरप्रमुख उम्मेदवार शम्भु साहलगायत १२ जनाको नाम सिफारिस भएको छ। यसैगरी, बैठकले प्रदेशसभा तर्फका ८ वटै क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम पनि सिफारिस गरेको छ।

यता, नेपाली कांग्रेस रौतहटले पनि प्रत्यक्ष तर्फको उम्मेदवारहरुको टुंगो लगाएको छ। शनिबार जिल्ला कार्य समितिको बैठकले रौतहटको ४ वटै क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको हो।

क्षेत्र नम्बर १ बाट पार्टी सभापति कृष्णा यादव, क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अफताब आलम, क्षेत्र नम्बर ३ बाट संसद जितेन्द्र यादव र क्षेत्र नम्बर ४ बाट महासमिति सदस्य देवप्रसाद तिमलसिनाको नाम सर्वसहमतमा सिफारिस गरेको जिल्ला कमिटी सदस्य सुमन गौतमले जानकारी दिएका छन्।

यस्तै, प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको पनि नाम बैठकले. सिफारिस गरेको सदस्य गौतमले बताएका छन्। त्यस्तै, बैठकले स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई पनि चाँडै नै कारबाही गर्ने निर्णय भएको उनले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.