|

उदयपुर : नेपाली कांग्रेसले उदयपुरबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ १ सय २६ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ। आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवार चयन गर्नका लागि नाम सिफारिस गरेको हो।

कांग्रेसले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट कांग्रेस केन्द्रीय सदस्य, सभासद् तथा पूर्वसहरी विकास मन्त्री डा. नारायण खड्का, कांग्रेस उदयपुरका सभापति विदुर बस्नेत, कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार र पूर्वसभासद् प्रमिला राईको नाम सिफारिस गरेको जानकारी दिएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ शान्तिदेवी चौधरी, राधाकृष्ण तिम्सिना, प्रशान्त राई, विनोद बस्नेत, शिवकुमार कटुवाल, ब्रह्मदेव चौधरी र कलावती चौधरीको नाम केन्द्रीय समितिमा पठाएको छ। यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को लागि कांग्रेस उदयपुरका पूर्वसभापति तथा सभासद् नारायण बहादुर कार्की, अर्जुनकुमार खड्का र सञ्जीव थापाको नाम सिफारिसमा परेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ हेरम्ब बहादुर थापा, कृष्णकुमार श्रेष्ठ, गोबिन्द चाम्लीङ, जय बहादुर मोते, निर्मला थुलुङ तामाङ, रामुकमारी साह र हरिसंकर परियारको नाम सिफारिसमा परेको नेपाली कांग्रेस उदयपुरका प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए।

यसैगरी, कटुवालका अनुसार प्रदेशसभा क्षेत्र ‘क’ बाट क्षेत्रीय सभापति भोजराज खत्री, अर्जुन दाहाल, शिवराज राई, दल बहादुर तामाङ, राजेन्द्र पौडेल, मौसम राई र डा. भोगेन्द्र चौधरीको नाम पठाइएको छ।

यता, प्रदेश क्षेत्र ‘क’ को समानुपातिकतर्फ महेन्द्रप्रसाद रौनियार, मोहन चौधरी, सीता राई, लक्ष्मी चौधरी, उजीरसिंह राई, भगीवन्त राई, गडुलमान विक, लक्ष्मणप्रसाद चौधरी, सुनील कुमार राउत, ज्ञानेन्द्र प्रधान, गीता फुयल, सीता मगर, सम्झना राई, खडगबहादुर राउत, हरि कार्की, मीना बन्जरा, दिनेशप्रसाद चौधरीको छ।

यता, क्षेत्र ‘ख’ तर्फको प्रत्यक्ष तर्फबाट नेपाली कांग्रेसका पार्टी पूर्वसभापति हिमाल कार्की, मदनराज कटुवाल, महेन्द्रप्रसाद चौधरी र कांग्रेस त्रियुगा नगर सभापति सरोजकुमार बस्नेत रहेका छन्। प्रदेश ‘ख’ को समानुपातिकतर्फ लीलाकुमारी राई, महेन्द्र राई, विष्णु बहादुर राउत, बल बहादुर तामाग, भिमचन्द्र राई, सुमन

परियार, नगेन्द्रकुमारी खत्री, बलदेव विश्वकर्मा, विमला राई, तारा राई, नजबुल खान, लालबाबु लोहनी, ताराकान्त चौधरी, सीताराम चौधरी, रबीलाल चौधरी, संजा दनुवार, इन्द्रनारायण शाह, गणेश बहादुर कार्कीढोली, शशीलाम कार्की, गीता थापामगर, हृदयनारायण चौधरी, लिला भट्टराई, सुजीता चौधरी, अम्बिका चौधरी, प्रेमकुमार राई, शान्ता राई, विमला सुनुवार र सरिता राई रहेका छन्।

यता, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशतर्फको ‘क’ क्षेत्रबाट प्रत्यक्षतर्फ प्रमिला राई, भेषराज मगर, खेस बहादुर मगर, टेक बहादुर खत्री, महेन्द्र सिग्देल र चेत बहादुर मगर चेतन छन्।

क्षेत्र ‘क’ को समानुपातिकतर्फ केदारमान रोका, मदन बहादुर कटुवाल, वृष बहादुर तामाङ, बम बहादुर कटुवाल, मोहनसेर राई, धनकुमारी मगर, कृष्ण बहादुर राउत, नगेन्द्रकुमारी खत्री, पुष्पराज गुरागाई, मेघ बहादुर शाहि, भीमकुमारी मगर, धर्म्सिंह तामाङ, अनिल कार्की, मेघबहादुर राई, मन्दिप राई, अनिल राई, सुनील राई र प्रवीण परियार रहेका छन्।

यता, क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ तर्फको प्रत्यक्षतर्फ रामकुमार खत्री, हरि बहादुर खड्का, सरस्वती ढुंगाना, त्रिभुवन दाहाल, नेत्रबहादुर पौडेल र रामकुमार राईको नाम उम्मेदबारको लागि सिफारिस गरिएको छ।

यता, क्षेत्र ‘ख’ को समानुपातिकतर्फ साङदोर्जे लामा, अम्बर बहादुर राउत, मीनकुमार भुजेल, पितानाथ ढुंगाना, भीमप्रसाद गौतम, जुलुमलाल धामी सुनुवार, रंगमान तामाङ, नवराज पौडेल, बल बहादुर खत्री, प्रवेश पौडेल, मीना तामाङ, इन्द्र श्रेष्ठ दीपकुमार रास्कोटी, धनमाया मगर, पवित्रा मैया रास्कोटी, डिकबहादुरज्यू ठकुरी, तेज प्रसाद गिरी, मिनकुमार दाहाल, तुलसी परियार रहेका छन्। नेपाली कांग्रेसको गाउँ तथा क्षेत्रीय समितिले सिफारिस गरेको नाम जस्ताको त्यस्तै केन्द्रलाई सिफारिस गरेको कांग्रेसले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.