|

दाङ : अभिनेत्री झरना थापाले आफूले निर्देशन गरेको पहिलो चलचित्र ए मेरो हजुर २ हिट भएपछि पुनः उक्त चलचित्रको सिक्वेलको रुपमा ए मेरो हजुर ३ बनाउने उद्घोष समेत गरेकी छन्। चलचित्र पत्रकार संघ दाङले आइतबानर तुलसीपुरमा गरेको कार्यक्रममा उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई मन पराइदिएकोमा दर्शकलाई धन्यवाद समेत दिइन्।

नायिका हुँदाजस्तै दर्शकले डेव्यू निर्देशनको चलचित्र ए मेरो हजुर २ लाई पनि मन पराइदिएकोमा थापाले खुशी व्यक्त गरिन्। चलचित्र रिलिज हुनुपूर्व पहिलाको आफ्नो स्टारडम फेरि देखिने हो वा होइन भन्ने डर लागे पनि चलचित्र रिलिज भएपछि सफल भएको बताइन्।

आफ्नो गृहनगर दाङ जिल्लालाई फिल्म नगरीको रुपमा विकास गर्न आफूले पहल गर्ने पनि थापाले बताइन्। केही वर्षअघिसम्म सुन्दर फिल्मी नगरीको रुपमा परिचित भए पनि पछिल्लो समयमा खासै उत्साहजनक रुपमा अगाडि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरिन्।  

उनले आगामी दिनमा दाङ जिल्लाको पुरानो क्रेज फेरि ल्याउन राम्रा चलचित्र बनाउने र आफ्नो गृह जिल्लालाई सुन्दर फिल्म नगरी बनाउने उद्घोष गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.