|

उदयपुर : प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ५ जना कारोबारीलाई पक्राउ गरेको छ। चुरोटमा प्याक गरेर बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले गाईघाटबाट पक्राउ गरेको हो।  

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले शनिबार ३ जना र आइतबार २ जनालाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले शनिबार त्रियुगा नगरपालिका ११ का १९ वर्षका अर्जुन चौधरी र विजय विकलाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट एक/एक एम्पुल लुपिजेकी फेरागन र स ४ प ६३७७ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

शनिबारनै विशेष सुराकीको आधारमा त्रियुगा नगरपालिका ११ बाट ३० वर्षका पेशलकुमार घिमिरेलाई पक्राउ गर्‍यो। उनको साथबाट एक/एक एम्पुल डाइजाल्याव ३४ एम्पुल, फेरागन ३५ एम्पुल, लेवल नभएको ३४ एम्पुल, नगद ३ हजार २ सय रुपैयाँ नगद र एक सेट मोवाइल बरामद गरिएको एसपी भट्टले बताए।

त्यस्तै आइतबार त्रियुगा नगरपालिका ११ बाट सिरहा लाहान नगरपालिका ३ का १९ वर्षीय राजु भन्ने राजकुमार यादव पक्राउ परे। उनले लाहानबाट उदयपुर ल्याउँदै गरेको एक/एक एम्पुल डाइजाल्याव २५ एम्पुल, फेरानग ३५ एम्पुल, लेबल नभएको लागूऔषध २५ एम्पुल, आठहजार चारसय ३० नगद र एउटा मोवाइल सेट प्रहरीले बरामद गरेको छ।

यसैगरी सिरहाको लाहनबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ३७५६ नम्वरको नर्सिङ ट्राभल्सको वस चेकजाँच गरी प्रहरीले त्रियुगा नगरपालिका १२ का १९ वर्षीय अनिल मगरलाई पक्राउ गरेको छ। उनको साथबाट डाइजाल्याव ६ एम्पुल, लुपिजेकी ६ एम्पुल, फेरागन पनि ६ एम्पुल बरामद गरेको प्रहरीले सार्वजानिक गरेको छ।

‘झट्टा हेर्दा सानो परिमाणमा देखिए पनि प्रहरीले अहिले बिक्रेता पक्राउ गर्न सफल भएको छ,’ एपसी भट्टले भने, ‘सानो सानो परिमाणमा बजार क्षेत्रमा ल्याएर लागूऔषध बिक्री गर्ने धेरै रहेको अनुमान गरिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.