|

दोलखाः भीमेश्वर नगरपालिका– ८ का कुमार बस्नेतले आमालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

आइतबार दिउँसो १ः३० बजे बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षका छोरा कुमारले  दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। खड्गमायाको घटनास्थलमै मृत्यु भएको छ। 

कुमार बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.