|

  • अर्जुन बोहरा-

सिमकोटः सिमकोट–खार्पुनाथ सडकखण्ड र सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत सिमकोटदेखि डाँडाफयासम्मको सडकखण्डको ट्र्याक खुलेपछि छोटो दूरीमा गाडी संचालनमा आएका छन्। 

सडक संजालले नजोडेको हुुम्ला जिल्ला सदरमुुकाम सिमकोटदेखि दक्षिणको कुरिल्लासम्म १४ किलोमिटर ट्र्याक खोलेपछि छिमेकी जिल्ला मुगुबाट हेलिकोप्टरमा चार्टर गरेर सिमकोट उतारेपछि अहिले दुईवटा महिन्द्र जीप संचालनमा  आएका छन्। 

प्रति व्यक्ति एकतर्फी दुई सय रुपैयाँदेखि २५० रुपैयाँसम्म भाडा लिने गरेको जिप चालक नरबहादुर लामाले बताए। 

हेलिकोप्टरमा महँगो भाडा तिरेर चार्टर गरेर ल्याएको गाडी र तेलसमेत मुगु जिल्लाबाट खच्चडमा बोकाएर ल्याएकाले पनि सिमकोटमा छोटो दूरीका गाडी संचालनमा भाडा महँगो पर्ने गरेको हुन सक्ने जिल्ला वन कार्यालय हुम्लाका कार्यालय प्रमुख लोकजङ शाहीले बताए। 

मुगु जिल्लाबाट प्रति लिटर तेलको २५० रुपैयाँ मूल्यमा बोकाएर सिमकोटसम्म पुर्‍याउनुपरेकोले समेत भाडा महँगो पर्न गएको तर फाइदा नभएको समेत गाडी चालक लामाले बताए। 

नेपालगंज, सुुर्खेत, मुुगुबाट पैदल र हेलिकोप्टरबाट तेल ढुवानी  गर्नु बाध्यता भएकाले पनि गाडी संचालनमा समस्या आएको  चालक लामाले बताए। 
ट्र्याक खोल्ने कार्य पूरा भएपछि दैनिक पाँचदेखि आठ ट्रिप एक घण्टाभित्रै संचालन भइरहेको गाडी व्यवसायी सरोज रावतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.