|

पाँचथर : अलैँचीमा देखिएको छिर्केफुर्के रोगबारे पाँचथरमा अनुसन्धान थालिएको छ। फिदिम नगरपालिकाको वडा नम्बर १-साब्राङ र फिदिमकै नाम्दु ढोडेनीमा अनुसन्धान थालिएको हो।

किसान महासंघ पाँचथरको अगुवाईमा एग्री केयर प्रालि नेपालमा आबद्ध कृषि वैज्ञानिक शिव यान्दियो नेतृत्वको टोलीले साब्राङका अलैँची किसान टंक अधिकारी र नाम्दु ढोडेनीका अर्का अलैँची किसान जगत मगरको रोग संक्रमित अलैँची वगानमा पुगेर अनुसन्धान थालेको हो।

यान्दियो नेतृत्वको टोलीले संक्रमित अलैँचीको जरामा बायोसाइट ट्रिभी नामक जैविक विषादीमा चिनी मिसाएर राखेको छ। राखेको तीन महिना पुुगेपछि प्रयोगशालामा अलैँचीको संक्रमित जराको परीक्षण गरिने यान्दियोले बताए। छिर्केफुर्के रोगबाट संक्रमित अलैँचीको जरा पिल्सिएको,जरामा पिप देखिएको,माटोमा ब्याक्टेरिया देखिएको र जरा खुुइलिएको पाइएको पनि टोलीले जनाएको छ।

खोल्सीको कालो सुनले परिचित अलैँचीमा केही वर्ष यता छिर्केफुर्के रोग देखा परेको छ। यो रोगले विस्तारै पात डढाउँदै बोट पनि मार्ने गरेको छ। पाँचथर सहित छिमेकी जिल्ला ताप्लेजुङ,इलाम,तेह्रथुम,धनकुटा,संखुवासभा र भोजपुरका किसानहरु अलैँचीमा लागेको यो रोगको प्रकोपबाट चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.