|

रुकुम : नेपाली कांग्रेसले रुकुमबाट आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाएको छ। रुकुम सदरमुकाम मुसिकोटमा बसेको बैठकले निर्णय गरेअनुसार प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु सिफारिस गरेको नेपाली कांग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिए।

उनका अनुसार आकांक्षी धेरै भएका कारण बैठकले २७ जनाको नाम सिफारिस गरेर पठाएको र केन्द्रले निर्णय गरेअनुसार अन्तिम टुंगो लाग्नेछ। कांग्रेसले प्रतिनिधिसभाका लागि पूर्वराज्यमन्त्रीसमेत गोपालजी जंग शाह, जिल्ला सभापति प्रेमप्रकाश ओली, महाधिवेशन प्रतिनिधि यामबहादुर केसी र  पार्टी पूर्वउपसभापति वीरबहादुर ओलीको नाम केन्द्रमा पठाएको हो।

जसको समानुपातिकमा सभापति प्रेमप्रकाश ओली, पूर्वराज्यमन्त्री गोपलजी जंग शाह र वरिष्ठ अधिवक्ता डा. नवराज गौतम रहेका छन्। त्यसका साथै प्रदेशसभाको लागि पनि विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरिएको छ। जसअनुसार क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ कृष्णबहादुर रोकाय, हर्कसिंह खत्री, राजु केसी,ओम केसी र लेखमाया केसी रहेका छन्।

समानुपातिकमा मानबहादुर नेपाली, धीरेन्द्रकुमार बटाला, मनीषा भण्डारी, जनककुमार बाँठा, यज्ञ परियार र गंगाराम गौतम रहेका छन्। त्यसैगरी, क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा तिलबहादुर भण्डारी, गोरखप्रसाद चन्द, थलबहादुर खड्का र नरजङ्ग ओली रहेका छन्। यस क्षेत्रको समानुपातिकमा कालुराम खड्का, खड्गबहादुर डाँगी, सीता ओली, भीमबहादुर डाँगी, मोहन प्रकाश आचार्य र दीपेन्द्र पुन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.