|

काठमाडौं : बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का आइतबार सर्वोच्च अदालतको अन्तरिम आदेशपछि फेरि सोही पदमा फर्किन पाउने भएका छन्। 

बर्खास्तीपछि अदालत पुगेका खड्काको मुद्दामा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाई गर्दै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि खड्कालाई उक्त पदमा फर्किन बाटो खुलेको हो।

अदालतको आदेश आए पनि सोमबार कार्यालय गएका छैनन्। कार्यालयमा फर्किन अदालतको आदेशको आधिकारिक पत्र कुरेर बसेका खड्का पत्र पाएपछि मात्र कार्यालय जाने बताउँछन्। 

'अदालतको आदेश फर्मल्ली मेरो हातमा आइसकेको छैन, मेरो हातमा कागज आएपछि मात्रै निर्णय लिने छु' उनले थाहाखबरसँग भने। सरकारले स्पष्टीकरणसमेत सोध्न नदिई बर्खास्ती गरेको भन्दै असोज ४ गते  खड्काले पुनर्बहालीको आदेश माग गर्दै सर्वोच्च अदालत गएका थिए। 

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउनका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको र सरकारलाई काम कारबाहीमा सहयोग नगरेको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो। खड्का अदालतको आदेशले पदमा पुन: फर्किए पनि उनलाई काम गर्न नदिने आपूर्तिमन्त्री शिवकुमार मण्डलले सार्वजनिक कार्यक्रमम बताउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.