|

सिन्धुली : गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित आज पक्राउ गरेको छ।

गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए। 

नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको शर्माले बताए। बन्दुकको छर्रा लागेर श्रेष्ठको हातमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। नेपालीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरीने शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.