काभ्रे : काभ्रेपलाञ्चोक जिल्ला अदालतका नायब सुब्बा राजेन्द्र खत्री १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो।
सवारी दुर्घटनाको मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको अख्तियारको टोलीले जनाएको छ। भदौ १७ गते ट्रिपर र जिप ठोक्किएर भएको दुर्घटनामा ट्रिपर चालक पक्राउ परेका थिए।
पक्राउ परेका ट्रिपर चालकलाई रिहा गर्न उनले घुस लिएको अख्तियारको आरोप छ। चालक आइतबार नै रिहा हुनुपर्ने भनिए पनि खत्रीले रकम नपाएको भन्दै रिहा नगरेको अख्तियार स्रोतले जनाएको छ। सोमबार रकमसहित पुगेको ट्रिपर धनीले रकम दिन लाग्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।