|

काभ्रेपलाञ्चोकः जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री एक लाख २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सोमबार धुलिखेल बसपार्क चोकबाट पक्राउ गरेको छ।

भुम्लु गाउँपालिकाको बन्देउ नजिक गत भदौ १७ गते बा३ख ८६०४ नम्बरको ट्रिपर र बोलेरो ठोकिँदा भएको घटनालाई लिएर ट्रिपर चालक सिन्धुपाल्चोकका सुदीप दुलाललाई पक्राउ गरी मुद्दा चलाइएको थियो। उक्त घटनालाई मिलाइदिन्छु भन्दै घुस मागेपछि उनीहरूले अख्तियारमा दिएको उजुरीको आधारमा जिल्ला अदालतका नायव सुब्बा खत्रीलाई पैसासहित अख्तियाको टोलीले पक्राउ गरेको बताइएको छ। 

‘खत्रीले हामीलाई एक लाख २५ हजार रुपैयाँ दिने कि आठ वर्षसम्म जेलमा बस्ने भन्दै पटक पटक फोन गरेर रकम मागेपछि अख्तियारमा जानकारी गरायौँ’, पीडितका आफन्त नीलप्रसाद दुलालले भने।

जिल्ला अदालतमा सबै काम सकेर हिजो आइतबार ट्रिपर चालक छुट्नुपर्नेमा पैसा नदिएको भन्दै खत्रीकै कारण रोकेर राखेको दुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.