अर्थ

चालु आर्थिक वर्षमा ७.२ को आर्थिक वृद्धि कायम गर्न गाह्रो छैन: अर्थ-सचिव
SHARES

असोज २३, २०७४

    काठमाडौं: अर्थ-सचिव शान्तराज सुवेदीले चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेको ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धि हुने बताएका छन्।

    विश्‍व बैंक र एसियाली विकास बैंकले साढे चार  प्रतिशतको मात्रै आर्थिक वृद्धि कायम हुने प्रतिवेदन सार्वजनिक गरेको बेलामा सुवेदीले भने सरकारले प्रक्षेपण गरेअनुसार नै आर्थिक वृद्धिदर कायम हुने बताएका हुन्।

    'पछिल्लो बाढीले पुर्‍याएको क्षतिलाई केन्द्रित गरेर विश्व बैंक, एडीवीले ४ दशमलब ६ र ४ दशमलब ७ प्रतिशतको वृद्धिदर कायम हुने बताएका छन् तर बाढीको प्रभाव उत्पादनमा नपर्ने देखिएको छ', सोमबार गरिएको पत्रकार भेटघाटमा सुवेदीले भने। उनले अबको समयमा बजारमा प्रशस्त पैसा हुने र त्यसको प्रभाव अर्थतन्त्रमा देखिने बताएका छन्। 'निर्वाचनमा सरकारको तर्फबाट मात्रै तीन अर्ब रुपैयाँ बजारमा जान्छ, पार्टीहरू आफैँले त्यसको तीन गुणा बढी खर्च गर्छन्', उनले भने, 'यसको प्रभाव अर्थतन्त्रमा देखिन्छ।'

    उनले वित्तीय संघीयता कार्यान्वयन र वैदेसिक व्यापार घाटा अहिलेको मुख्य चुनौती भएको समेत बताएका छन्। राजश्वव चुहावट नियन्त्रण, औपचारिक अर्थतन्त्रको दायरा वृद्धि पनि नेपालको अर्थतन्त्रको समस्या रहेको सुवेदीले बताए।

    २०४९ साल असारमा अर्थ मन्त्रालयबाटै जागिर सुरु गरेका सुवेदीले अर्थ मन्त्रलयमा मात्रै १५ वर्ष बिताएका छन्। सुवेदी कात्तिक २ गतेबाट अनिवार्य अवकाश हुँदै छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]