|

जनकपुरधाम : दुई व्यक्तिको हत्या अभियोगमा थुनामा रहेका अभियुक्तको नाम एमालेले सिफारिस गरेको छ। एमालेले धनुषबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका लागि ७० जनाको नाम सिफारिस गरेकोमा थुनामै रहेका हत्या अभियुक्तको पनि नाम परेको हो। 

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवको नाम सिफारि भएको हो। यादव डेढ वर्षदेखि पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्। यादवा २०७१ चैत ८ गते सबेला नगरपालिकास्थित मदन–आक्षित निम्न माविको व्यवस्थापन समिति चयनमा विवाद हुँदा भएको दुई जनाको हत्या घटनामा मुछिएका व्यक्ति हुन्।

व्यवस्थापन समितिको निर्वाचनबारे छलफल भ चलिरहेका बेला यादवनेर्तत्वको समूहले आक्रमण गर्दा घाइते भएका रामसेवक राउत गडेरी र रामप्रकाश यादवको हत्या भएको थियो। दुवै हत्याकाण्ड यादवकै योजनामा भएको अभियोग लागेको छ। एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टीका सदस्यहरूको चाहनाअनुसार योगनारायणको नाम सिफारिस गरेको प्रतिक्रिया दिए।

प्रतिनिधिसभामा चार र प्रदेशसभामा आठ निर्वाचन क्षेत्र रहेको धनुषाबाट एमालले प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ३६ जनाको नाम सिफारि गरेको जिल्ला अध्यक्ष राजकिशोरले जनाए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.