|

डडेल्धुरा : राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। सोमबार सम्पन्न राप्रपा जिल्ला कार्यसमिति डडेल्धुराको  बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको हो।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कालीप्रसाद जोशीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ जीतबहादुर शाही, सुरेश कार्की र ज्ञानु जैरुको नाम सिफरिस गरिएको छ।

प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ परमानन्द भट्ट, समानुपातिकतर्फ वासुदेव जोशी, ओमप्रकाश जोशी र कमला सार्कीको नाम सिफारिस गरिएको छ। यस्तैै क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ हरि साउद र समानुपातिकतर्फ टेकराज पनेरु, सागर पनेरु, पार्वती जैरु र जयराज अवस्थीको नाम सिफारिस गरेको राप्रपाले जनाएको छ ।

नयाँ शक्तिका उम्मेदवार
सदरमुकाममा सोमबार सम्पन्न नयाँशक्ति पार्टीको जिल्ला सचिवालयको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रतिनिधिसभाका लागि डडेल्धुराबाट नयाँ शक्तिका केन्द्रीय सदस्य प्रकाशबहादुर साउदको नाम सिफारिस गरिएको छ। यस्तैगरी प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललिता जोरा महराको नाम केन्द्रमा पठाएको पार्टी संगठन विभाग प्रमुख लक्ष्मीकान्त पनेरुले जानकारी दिए।

प्रदेशसभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ  मोहन कठायतका नाम सिफारिस गरिएको छ। क्षेत्र न. २ बाट लक्ष्मीकान्त पनेरुको नाम सिफारिस गरिएको नयाँ शक्तिले जानकारी दिएको छ। यस्तै प्रदेश सभा समानुपातिकका टेकराज भट्ट ‘शक्ति’ र श्याम सिनालको नाम केन्द्रमा सिफारिस गरिएको पार्टी संगठनका विभाग प्रमुख पनेरुले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.