|

बारा : जितपुर–सिमरा उपमहानगरपालिकाको कार्यपालिका वामपन्थी गठबन्धनले कब्जा जमाएको छ। सोमबार भएको निर्वाचनमा तालमेल गरेका एमाले र माओवादी केन्द्रका ४\४ सदस्य निर्वाचित भएका छन् । 

एक सय २२ मतदाता रहेको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिकाको महिला सदस्यमा एमालेकी अनिता देवी चौधरी ८८ मतका साथ विजयी भएकी छिन्। यस्तै एमालेकै कमल चौधरी ८९ मत, सुभद्रा न्यौपाने ८८ मतका साथ विजयी भएका छन्। यस्तै माओवादी केन्द्रकी सुमित्रा कार्की ८८ र रामदुलारी थरुनी ८९ मत प्राप्त गरी विजयी भएका छन्। 

त्यस्तै दलित तथा अल्पसंख्यकतर्फ एमालेका राजकुमार महरा चमार ९० मतका साथ विजयी भएका छन् भने माओवादी केन्द्रका श्यामसुन्दर मेनन पासवान ९४ मत र माओवादीकै सुन्दरबहादुर सुनार ९० मतका साथ विजयी भएका छन्। 

शुरुमा कांग्रेस र माओवादीले कार्यपालिका गठनमा तालमेल गर्ने तयारी भए पनि गत मंगलबार राजधानीमा वाम एकताको घोषणापछि माओवादी केन्द्र र एमालेले तालमेल गरेका हुन्। 

स्थानीय तह निर्वाचनमा जीतपुरसिमराका २४  मध्ये १० वडामा माओवादी केन्द्र, ७ वडामा एमाले, ५ वडामा कांग्रेस र दुई वडामा राजपाका उम्मेदवार अध्यक्षमा विजयी भएका थिए। जीतपुर–सिमराको प्रमुख र उपप्रमुख दुवै पद एमालेले जितेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.