|
प्रतीकात्मक तस्विर

रौतहट : कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ। 

कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति करेण्ट लागेर कटहरिया ७, फत्तेपुरका ३० वर्षीय प्रमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख केशव रेग्मीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.