विप्लवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज गर्ने

|

पोखरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बीच तत्काल एकता नहुने सम्भावना बढेको छ।

नेकपाको पोखरामा सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले क्रान्तिकारी माओवादीसँग तत्काल एकता हुन नसक्ने निष्कर्ष निकालेको हो। बैठकले क्रान्तिकारी ध्रुवीकरणमा जोड दिए पनि विचार र चिन्तनमा मोहन वैद्य किरणमा संकीर्णता तथा रुढीवाद रहेकाले तत्काल एकता सम्भव नदेखिएको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

साथै बैठकले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेज गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि कात्तिक १ गतेबाट राजनीतिक अभियान सुरु गर्ने निर्णयसमेत गरेको नेकपाका पोलिटव्यूरो सदस्य अनिलशर्मा विरहीले जानकारी दिए।

यता वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनले भने एकतामा जोड दिएको छ। क्रान्तिकारी एकताबारे कुरा भइरहेको भन्दै नेकपाकी केन्द्रीय सदस्य सावित्री दुराले २५ गतेपछि मात्र टुंगो लाग्ने जानकारी दिइन्।

वैद्य र विप्लवबीच एकता हुन लागेको चर्चा केही दिनयता राजनीतिक वृत्तमा छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.