|

गोरखा : गोरखाका गैर आवासीय नेपाली  (एनआरएन) हरुको भेला आउँदो कातिक २ गते हुने भएको छ। जिल्लाको चौतर्फी विकास गर्ने उद्देश्यले बिभिन्न देशमा गठन गरिएका गोरखा सेवा समाजहरुको नेटवर्क ग्लोबल गोरखा समाज नेटवर्कको पहिलो अधिवेशन गर्ने उद्देश्यले भेला हुन लागेको हो।

सो नेटवर्कको तदर्थ समिति गत बर्ष गठन गरिएको थियो। बेलायतमा कार्यरत जयप्रकाश गुरुङको संयोजकत्वमा गठन गरिएको हो। हालै सम्पन्न तदर्थ समितिको बैठकले गोरखा सदरमुकाममा पहिलो अधिवेशन गर्ने निर्णय गरेको नेटवर्कका विनोद पोखरेलले जानकारी दिए।

नेटवर्कमा विश्वभरी र नेपालकै विभिन्न जिल्लाहरुमा रहेका गोरखालीहरु संगठित भएका छन्। विधिवत दर्ता गर्ने उद्देश्यले अधिवेशन गर्न लागिएको पोखरेलले बताए। अधिवेशनमा गैरआवासीय नेपाली संघका नवनिर्बाचित अध्यक्षको पनि उपस्थिति रहने भएको छ।

अध्यक्षका प्रत्याशी मध्यका भवन भट्ट र कुमार पन्त दुवै गोरखाबासी हुन्। अहिलेसम्म भट्टको मात्रै अध्यक्षको उमेद्वारी घोषणा भएको छ। बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा हुने नेटवर्कको अधिवेशनमा गोरखाको विकास चाहने सबैलाई उपस्थितिका लागि संयोजक गुरुङले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.