|

रुकुम : नेकपा एमाले रुकुमले आगामी प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिस गरेको छ। रुकुम सदरमुकाम मुसीकोटमा बसेको बैठकले पश्चिम रुकुमबाट प्रतिनिधि र प्रदेशसभाका लागि ६ जनाको नाम सिफारिस हुनुपर्नेमा आकांक्षी धेरै भएपछि २० जनाको नाम सिफारिस गरेको हो।

प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजाललाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ तिर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसी सिफारिसमा परेका छन्।

एमालेले प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. १ बाट ठगेन्द्रप्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफारिस गरी पठाएको नेकपा एमाले रुकुमका अध्यक्ष बिमल पुनले जानकारी दिए।

समानुपातिकमा गणेश केसी, देवी ओली र चन्द्रबहादुर बिक सिफारिसमा परेका छन्। त्यस्तै प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टेक राणा तथा समानुपातिक तर्फ ऋषी शर्मा, कल्पना खड्का, खड्क परियार र मानविर घर्तीको नाम सिफारिस भएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.