|

उदयपुर : उदयपुरको कटारी नगरपालिका दुई दशक अघि निर्माण गरिएको कृषि उपज केन्द्रका भवन प्रयोगविहीन बनेका छन्। सम्बन्धित सरोकारवालाले बेवस्ता भवन प्रयोगविहीन बन्न पुगेका हुन्।

कटारी गाँउविकास समिति हुँदै लार्खौं रकम खर्चेर निर्माण गरिएका टहरा अहिले स्थानीयका सुँगुर, बाख्रा, कुखुरा, गाईभैँसी पाल्ने थलो बनेका छन्। ०४२ मा सगरमाथा ग्रामीण एकीकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैयाँ खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम र एउटा सिटी हल निर्माण गरीदिएको थियो।

टहराभित्र सुँगुर, बाख्रा, कुखुरा, गाईभैसीको फोहोर मात्र नभई कण्डमका टुक्रा, लागुऔषधका खोल, बट्टा, सिसाहरुसमेत यत्रतत्र छरिएको देख्न सकिन्छ। तत्कालीन समयमा कृषि बजार बनिसकेपछि दुई हप्तासम्म सबै व्यापारीले आफ्ना सामान बजारमा राखे पनि त्यसलाई निरन्तरता दिनुको साटो व्यापारीले कटारीको मुख्य

लाइनलाई बजारीकरण गरेपछि कृषिउपज केन्द्र ओझेलमा परेको कटारी नगरपालिकाप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘नगरपालिकाले त्यसलाई चाँडै प्रयोगमा ल्याउने तयारी गरेको छ,’ उनले भने, ‘कृषि बजार व्यवस्थित गर्न र कृषकलाई कृषि पेसामा आत्मनिर्भर बनाउने गरी नगरपालिकाले कार्य योजनाभित्र यो भवन परेको छ।’   

भवन प्रयोगमा नआएपछि १० वर्षअघि केन्द्रको परिषरभित्र १२ घरपरिवार आफैंले झुप्रो बनाएर बसेका थिए। कतिपयले गाईवस्तु बाध्ने गरेका छन्। कृषि उपज केन्द्रको जग्गामा समेत अतिक्रमण परेको छ।

 इँटाको गारो र टिनको छानो लगाइएको टहरामा गाईवस्तु त सुरक्षित छन्। तर, त्यहाँबाट फैलिएको दुर्गन्धले भने टहरा आसपास बस्नेहरु भने हैरानी खेप्न बाध्य भएको स्थानीय सुवास दनुवारले बताए।

सगरमाथाको प्रमुख प्रवेशद्वारका रुपमा चिनिने कटारी बजारको कृषिउपज केन्द्रलाई व्यवस्थित गर्न सके ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका कृषकहरुले उत्पादन गरेको कृषि सामग्रीले समेत बजार पाउने स्थानीय सञ्जीव कटुवालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.