|

धनकुटा :  जिल्लामा दूध उत्पादनमा वृद्धि भएर बार्षिक १४ हजार मेट्रिक टनको नजिक पुगेको छ। आर्थिक बर्ष २०७२/०७३ मा  साढे १२ हजार मेट्रिक टन दूध उत्पादन भएको धनकुटामा गत आर्थिक बर्ष ०७३/०७४ मा १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

कार्यालयका प्राविधिक पुष्पराज दाहालका अनुसार जिल्लामा पशुपालनको व्यवसायिक शुरुवातसंगै किसानले उन्नत जातको गाईभैंसी पाल्ने क्रम बढेपछि दूध उत्पादन वृद्धि भएको हो। धनकुटामा दुई वर्षअघिसम्म जिल्लामा किसानले पाउने दूधको मूल्य प्रति लिटर ४० रुपैयाँ रहेकोमा अहिले बढेर ४५ रुपैयाँसम्म पाउँछन्।

जिल्लामा उत्पादन भएको ५० प्रतिशत दूध आन्तरिक खपत र ५० प्रतिशत जिल्लाबाहिर निकासी हुने गरेको छ। दैनिक १६ लाख ६५ हजार बराबरको ३७ मेट्रिक टन दूध उत्पादन हुने धनकुटाबाट ८ लाख साढे ३२ हजार रुपैयाँको ध जिल्लाबाहिर बिक्री हुन्छ। सरकारी मापदण्ड अनुसार एक व्यक्तिलाई वर्षमा ९१ लिटर दूध आवश्यक पर्छ। धनकुटाको १ लाख ६१ हजार ३९ हजार ९ जनाका लागि १४ हजार ६ सय ८७ मेट्रिक टन दूध आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.