मन्त्रिपरिषद् पुनर्गठनमा निर्वाचन आचारसंहिता लाग्दैन

|

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको बताएका छन्।

विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले वर्तमान राजनीतिक परिस्थितिका कारण कुनै सर्त नराखी पार्टीले सरकारलाई समर्थन गरेको प्रस्ट पारे। निर्वाचन तोकिएकै समयमा गराउने बाहेको अन्य कुनै सर्त नरहेको बताउँदै अध्यक्ष थापाले बाहिर हल्ला भएजस्तो गरी सरकारमा सहभागी हुने  विषयमा अहिलेसम्म नसोचेको स्पष्ट पारे।

सरकारमा सहभागी दल माओवादी केन्द्रले एमालेसँग वाम एकता गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मात्र राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको उनले बताए।

तोकिएकै समयमा चुनाव गराउने एक मात्र सर्त आफ्नो पार्टीको रहेकाले मन्त्री बन्नका लागि पार्टीले सरकारलाई समर्थन नगरेको उल्लेख गर्दै उनले निर्वाचनको मिति घोषणा भए पनि अहिलेको परिस्थितिमा निर्वाचन आयोगको सहमतिमा मन्त्रिपरिषद् पुनः गठन गर्न भने सकिने बताए। विषमपरिस्थतिमा आयोगको सहमतिमा आवश्यक परेको खण्डमा मन्त्रिपरिषद् विस्तार गर्न निर्वाचन आचारसंहिताले नरोकिने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.