|

बारा : बारामा करेन्ट लागेर एक युवकको मृत्य भएको छ। बाराको आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहाका ३० वर्षीय मोतीलाल पण्डितको मृत्यु भएको हो।

सोमबार साँझ स्थानीय उमेश पाण्डेको घरमा प्लास्टर गर्ने क्रममा टेबल पंखा चलाउँदा अचानक करेन्ट लागि पण्डितको घटनास्थलमै मृत्यु भएको हो।

उनको शव जिल्ला अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.