इलाम : इलामको दक्षिणी क्षेत्र चुलाचुलीमा मंगलबार बिहान एक युवाको शव फेला परेको छ। चुलाचुली गाउँपालिका-१ का १९ वर्षीय सन्दीप फागोको हत्या गरेर छाडिएको शव फेला परेको हो।
बिहान ४ बजेतिर घरदेखि अन्दाजी एक किमी टाढा धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको अवस्था शव फेला परेको इलामका प्रहरी उपरीक्षक विपिन कर्मचार्यले बताए। घटनामा संलग्न भएको आशंकामा प्रहरी चौकी पेल्टीमारीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।